अमेरिकी दूतावासलाई सेनाले लेखेको पत्रबारे मलाई जानकारी नै गराईएनः ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सामेल हुन अमेरिकी दूतावासलाई पत्र लेखेपनि आफुलाई कुनै जानकारी नदिएर गुमराहमा राखेको गुनासो गरेका छन ।

ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएपछिको अवस्था बताउदै भने, ‘त्यसबेलाका प्रधानसेनापतिले अमेरिकी दुतावासलाई पत्र लेखेका रहेछन् । सामान्यतया सेनापतिले पत्र लेख्दैनन् । जबकी म प्रधानमन्त्री भैसकेको छु, त्यसबारे मलाई बताइएन । गुपचुप राखियो ।’ अध्यक्ष ओलीले यस्तो दावी गरेपनि सेनाले दूतावासलाई लेखेको पत्रको बोधार्थ रक्षा र परराष्ट्र मन्त्रालयलाई दिएको देखिन्छ ।

ओलीले अहिले भ्रम फिँजाएर प्रचण्डले केपी ओलीको नेतृत्वमा एसपीपी कार्यान्वयन गरेको भनेर बेइमानी गरेको पनि आरोप लगाए । ‘अस्तिमात्रै प्रचण्डले यो त केपी ओलीले गरेको भनेर भ्रम फिँजाए । झुठ र बेइमानीको पनि हद हुन्छ नि ? ओलीको भनाइ छ ।

उनले नेता कार्यकर्ताहरूलाई जे सुनिन्छ त्यसमा नलाग्न र भ्रममा नपर्न आग्रह गरे । उनले भनेः एसपीपीबारे त्यो समयमा प्रधानमन्त्री र रक्षामन्त्री एकैजना हुनुहुन्थ्यो सुशिल कोइरालाजी । उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएछ र यो एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

Array