सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने छुः वडा अध्यक्ष कार्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीका नवनिर्वाचित वडा अध्यक्ष रविन कार्की वडाबासीका समस्या संकलन गर्न जनताका घर-आंगनमा व्यस्त छन । वडामा भएका समस्याहरुलाई संकलन गरेर प्राथमिकताको आधारमा योजनागत रुपमा अघि बढ्ने उनले बताएका छन ।

आफ्नो वडामा रहेका फरक क्षमता भएका नागरिकहरु जो सदरमुकाम जान सक्दैनन, उनीहरुलाई सार्वजनिक सेवाको प्रवास सकेसम्म घरमा नै पुर्याउन प्रयास गरिरहेका छन । जिल्ला प्रशासन कार्यलय रामेछाप संग समन्वय गरेर फरक क्षमता भएका नागरिकलाई घरमा नै पुगेर नागरिकता प्रदान गर्ने कार्यको सहजिकरण गरेका छन ।

सामाजिक क्षेत्रमा विगत देखि नै क्रियाशील रहँदै आएको र अहिले आफु निर्वाचित भएर आएपछि झनै जिम्मेवारी थपिएको उनले बताएका छन । मन्थली नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । कार्की नेकपा एकीकृत समाजवादीबाट निर्वाचित अध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस्

Array