जग्गा धितो राखेर ऋण लिन कार्यपालिकाको सिफारिस अनिवार्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-उपयोग ऐन, २०७६ र भूउपयोग नियमावली २०७९ कार्यान्वयन सुरु भएको छ । जसका कारण अब कार्यपालिकाको सिफारिस विना जग्गा धितो राखेर बैंक, वित्तीय संस्था र सहकारीहरुले ऋण दिन नपाउने भएको छ ।

खेतीयोग्य जग्गा (कृषि क्षेत्र) वा गैह्रकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू-उपयोग परिषदले भू-उपयोग ऐन,२०७६ र भू-उपयोग नियमावली, २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैह्रकृषि क्षेत्र वर्गिकरण गर्नुपर्नेछ ।

मन्त्रालयका सहसचिव एवंम प्रवक्ता जनकराज जोशीले गाउँपालिका र नगरपालिकामा रहेका कार्यपालिकाको सिफारिसको आधारमा मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिन पाउने जानकारी दिए । हामीले कुनै अवरोध गरेका हैनौं, ऐन र नियमावली कार्यन्वयन गरेका हौं, प्रवक्ता जोशीले भने,कार्यपालिकाले सिफारिस दिए तत्कालै ऋण दिन मिल्छ ।

एक पटक स्थानीय भू-उपयोग परिषद्बाट जग्गाको वर्गीकरण भई जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाण पूर्जामा जनिएको जग्गालाई भू-उपयोग नियमावलीमा तोकिएको मापदण्ड बमोजिम पुनः कित्ताकाट गर्न भू-उपयोग परिषदको निर्णय आवश्यक नपर्ने उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array