पर्यटन मन्त्री प्रेम आलेलाई ‘गाली शिरोमणि’को उपाधि !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ‘गाली शिरोमणि’ को उपाधिले विभूषित गर्न माग गरेका छन्।

उनले भने, ‘सभ्य संस्कृतिको संरक्षण र नयाँ संस्कृतिको निर्माणका लागि संस्कृति, पर्यटन मन्त्रालय बनाइएको हो। सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा रहेर कहिल्यै सर्वसाधारण र कहिल्यै आफ्ना मातहतको कर्मचारीसँग बोलेको शब्द र गरेको व्यवहारले हाम्रो समाजलाई नै बेइज्जत गरेको छ।’

उनले सामाजिक मूल्य मान्यतालाईसमेत हेक्का रोखर पाइला चाल्नुपर्ने मन्त्रीले पदमा रहेर कहिले सर्वसाधारण त कहिले आफ्ना मातहतका कर्मचारीसँग बोलेका शब्दले समाजलाई नै बेइज्जत गरेको बताए।

उनले भने, ‘सभ्य संस्कृतिको संरक्षण र नयाँ संस्कृतिको निर्माणका लागि संस्कृति, पर्यटन मन्त्रालय बनाइएको हो, सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा रहेर कहिल्यै सर्वसाधारण र कहिल्यै आफ्ना मातहतको कर्मचारीसँग बोकेको शब्द र गरेको व्यवहारले हाम्रो समाजलाई नै बेइज्जत गरेको छ।’

उनले यस्ता व्यक्तिलाई मन्त्रीको सट्टा गाली शिरोमणिको उपाधिले विभूषित गरियोस् भन्दै व्यङ्ग्य गरे। उनले भने, ‘यस्ता गाली शिरोमणिलाई मन्त्रीको सट्टा गाली शिरोमणिले विभुषित गरियोस्।’

केही समयअघि आफ्नै क्षेत्रका एक युवालाई अश्लिल गाली गरेर विवादित बनेका आलेले नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्षलाई त्यस्तै अश्लिल गाली गरेको अडियो शुक्रबार सार्वजनिक भएको छ।

उक्त अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि सदनसम्म मन्त्री आलेको आलोचना गर्दै राजीनामा मागिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array