गृहमन्त्रीद्वारा पाँच विधेयक संसद्‌मा पेस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाको बैठकमा पाँच विधेयक पेस गरेका छन्। सरकारले प्रतिस्थापन विधेयक अन्तर्गत अध्यादेशलाई विधेयकका रूपमा पेस गरेको थियो।

मन्त्री खाणले सरकारले ल्याएको तेजाब तथा अन्य घातक पदार्थ नियमन, सामाजिक सुरक्षा पहिलो संशोधन र नेपाल प्रहरी र प्रदेश सम्बन्धी विधेयक पेस गरे।

गृहमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति लिँदै तेजाब तथा अन्य घातक पदार्थ नियमन विधेयक प्रतिनिधि सभामा पेस गरेका हुन्।

विधेयकमा विरोधको सूचना दर्ता नभएपछि पेस भएको हो। एसिडको प्रयोग गरि अपराध बढिरहेकाले यसको नियमन आवश्यक भएको भन्दै सरकारले यो विधेयक ल्याएको गृहमन्त्री खाणले जानकारी दिए।

बिक्री, ओसार पसार तथा वितरणका लागि मुलुकी फौजदारी संहितामा उल्लेख नभएकाले यो विधेयक ल्याउन परेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्