विदेश भ्रमणमा जादा सरकार प्रमुखले हस्ताक्षर गर्ने बेला ख्याल राखौं: नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा अबदेखी सरकार प्रमुखले जुनसुकै सम्झौंतामा हस्ताक्षर गर्ने बेला सचेत हुनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेकोप्रति संकेत गर्दै अध्यक्ष नेपालले शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा विभिन्न लोभमा पारेर एसपीपी सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै सचेत र सतर्क रहन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभई फकाएर, प्रलोभनमा पारेर र ह्विस्की, मिठाइ खुवाएर पनि अवाञ्छनीय गतिविधि गर्ने गरेको प्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए।

उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा फरक–फरक धारणा आइरहँदा र पछिल्ला केही घटनाक्रमले आशंका पैदा गरेको पनि बताए । अध्यक्ष नेपालले सरकारका पछिल्ला केही गतिविधिले प्रश्नहरू खडा गरेको र आशंका उब्जाएको भन्दै देशको हितको बारेमा बोल्ने वा गर्ने कुरामा खुट्टा कमाउनु नहुनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्