सेयर बजारको ओरालो यात्रा कायमै, शुक्रबार ७.५७ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । शुक्रबार दिउँसो १ बजे बन्द भएको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ ।

शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबारबाट २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबार म्युचअल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५९६.७० रुपैयाँ कायम भएको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशतले बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य समेत धेरै बढ्नेमा रह्यो ।

बिहीबारबाटै कारोबारमा आएको रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले घट्यो । यसको मूल्य २७३ रुपैयाँमा झरेको छ । बुद्धभूमि नेपाल हाइड्रोको मूल्य ४.६४ प्रतिशतले घटेको छ । यस दिन नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array