स्टिलको मूल्य १३ प्रतिशतसम्म उक्लियो, उद्योगीहरु आन्दोलित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष एवं एभरेस्ट रोलीड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए ।

सरकारको यो निर्णयले स्पन्ज आइरन आयात गरी बिलेट र स्टिल बनाउने उद्योगहरूलाई फाइदा पुगे पनि अन्य उद्योगहरू भने अघि बढ्न सक्दैनन, गोयन्काले भने । प्रतिस्थापन विधेयक मार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महसुल शून्यमा झार्ने निर्णय गरेका अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क वृद्धि गरेका हुन् । यो समाचारकारोबार दैनिकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array