पहिराले बगाउँदा सासु–बुहारी बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

 

काठमाण्डौ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् ।

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयबासीले बताएका छन् । पहिराले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपाया समेत पुरेको बताइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन्, सडक पनि अवरुद्ध भएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array