काठमाडौं महानगरपालिकामा सीसी क्यामेरा र हाजिर अनुसार तलब भत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा सीसी क्यामेरा र हाजिर अनुसार तलब भत्ता वितरण हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले अब हाजिर अनुसार मात्रै तलब वितरण गर्ने भएको हो । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् ।

मातहतका सबै विभाग र वडालाई महानगरपालिकाले पठाएको सूचनामा भनिएको छ, ‘चैत मसान्तमा महानगरपालिकाका वेबसाइटमा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभएको र आफ्नो वडा विभागमा कार्यरत कर्मचारीहरुको विवरण प्रशासन विभागको मेलमा नपठाएमा असार महिनाको तलब पठाईने छैन, भनिएको छ । काठमाडौैं महानगरमा २ हजार ५ सय कर्मचारीको दरबन्दी भएता पनि हाल १ हजार ८ सय कर्मचारी कार्यरत छन् ।

महानगर प्रमुख बालेन्द्र शाहले यसअघि नै महानगरमा रहेका कर्मचारीहरुले सवारी मर्मत गर्दा राजश्व चुहावट गर्ने भन्दै राष्ट्रिय आविष्कार केन्द्र मार्फत सवारी मर्मत गर्न जिम्मा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्