एसीसी टी–२० च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाडौं । डेढ दशकको अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला क्रिकेट टिम ठूला आधिकारिक प्रतियोगितामा उपाधि जित्न सकेको छैन । अघिल्लो वर्ष टी–२० विश्वकप छनोटअघि अभ्यास स्वरुप कतारसँग भएको शृंखला क्लिन स्वीप गरेको नेपालले उपाधि जित्ने लक्ष्य सहित शुक्रबारदेखि एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्दैछ ।

नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दैछ । यो खेल मलेसियाको यूकेएम ओभलमा हुनेछ । यो खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । एसियाली क्षेत्रका १० वटा एशोसिएट टोलीबीच हुन लागेको यो प्रतियोगिताको विजेताले अक्टोबरमा हुने एसिया कप महिला टी–२० खेल्न पाउनेछ ।

यस पटक एसीसी टी–२० च्याम्पियसिपमा १० देश सहभागी छन् । उनीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । वरीयताको हिसावमा नेपाल प्रतियोगिताको उपाधि दावेदार टोली हो । त्यसका लागि नेपालले हङकङ, युएई जस्ता दावेदार टोलीसंग प्रतिस्पर्धा गर्नु पर्नेछ । नेपाल रहेको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन् ।

प्रतिक्रिया दिनुहोस्

Array