
०६३ को राजनीतिक परिवर्तन पछी सबैभन्दा पहिलो काम राजालाई सेनाको परमाधिपती बाट हटाएर सेना संग राजसंस्थाको सम्बन्ध बिच्छेद गरियो, त्यतिमात्र होइन गद्दीच्युत भएर नागरिक सरह बसिरहेको राजाको लागि सुरक्षागार्डमा समेत सेना हटाएर सशस्त्र प्रहरी राख्ने काम गर्
यो, कारण देखायो सेना संग सम्बन्ध जोडीन सक्छ रे भन्दै……… !!

०६३ को राजनीतिक परिवर्तन लगत्तै नेपाली सेना माथि दलहरू बाट विशेषगरी माओवादी पार्टी बाट त्यतिबेला निकै मानमर्दन हुने काम धेरै भएको थियो, अहिले माइतीघर बाट भद्रकाली निक्लिने बाटो त्यहाँबाट होइन सैन्य हेड्क्वाटर भित्र बाट लैजान भनेर बाबुराम भट्टराईलाई निकै दौडधुप गराएको थियो कसले गराएको थियो बाबुराम जानुन् ! तत्कालीन समयको यस्तो फेहरिस्त धेरै लामो छ, अहिले यहाँनेर उल्लेख न गरौं, विषयमा मात्रै केन्द्रित हुन्छु।

०६३ पछी माओवादीले प्रत्येक विद्यार्थीलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने भनेर एजेन्डा उठायो, यो मुद्दा सर्वदलीय बैठक सम्म पुर्
याएर एउटा बहसको विषय बनाएर सरकार माथि दबाब दिंदै थियो एकातिर भने अर्कोतिर तागाधारी ब्राह्मणवादको विरुद्धमा अधिकार प्राप्तिको लागि भन्दै जातीय मोर्चाबन्दी बनाएर बर्ग संघर्षको राजनीतिलाई वर्ण संघर्षमा रुपान्तरण गर्दै समाज बिभाजनको बक्र रेखा कोर्दै थियो कमरेड प्रचण्ड ।

०६३ पछी माओवादीले खोलेको “वर्ण मोर्चाबन्दी” को राजनीतिको खहरे खोला उनको नियन्त्रणमा मात्रै रहने कुरा थिएन, त्यसलाई संबैधानिक अधिकार प्राप्तिको लागि मात्रै पश्चिमीहरुले माओवादीलाई उपयोग मात्रै गरेको थियो।
माओवादीले खेलेको “जातीय कार्ड” अब नेपालमा धेरै अगाडि देखि विभिन्न नाउँमा जातीय संघसंस्था खोलेर बसेकाहरूले भरपुर उपयोग गर्यो।

२०६३ पछी भारत अवस्थित सिक्किममा साम्प्रदायिक हिंसा गराउने काममा संलग्न देखेपछि सिक्किमको पुर्व मुख्यमन्त्री पावन चाम्लिङले कानुनी कार्वाही गर्न खोजेपछि नेपाल आएका गोपाल गुरुङले मतुवाली र तागाधारी बिचमा एकापसमा घृणा फैलाएर जातीय द्वन्द्व गराउन खोज्ने मंगोल नेशनल अर्गनाइजेसन भन्ने पार्टीले नेपालको निर्वाचन आयोग बाट पहिलोपटक स्वीकृति प्राप्त भयो !! ( त्यही ठाउँमा राप्रपाको बिधान मिलेन सुधारेर ल्याउनुस् भन्ने आयोगले बिदेशी शरणार्थी बाहुन खेद्नु पर्छ भन्ने पार्टीको चाहिँ
के कहाँ कसरी कुनकुन कुरा मिल्यो होला अनुमान् आफैं लगाउनुस्।)

०६३ पछी जातीय/क्षेत्रीय/भेगीय/वर्णमा/धर्ममा/ अधिकार प्राप्तिको नाउँमा भूगोल प्राप्तिको नाउँमा बिदेशी INGO द्वारा खुलेयाम हिन्दु विरुद्धमा लड्नु पर्छ, हिन्दु विरुद्ध मोर्चाबन्दी हुनुपर्छ हिन्दु विरुद्ध ज-जसले चर्का चर्का बोल्ने गर्
यो ती ती समाजमा अधिकारकर्मी ज-जसले लेख्न सक्यो ती ती प्रगतिशील लेखक बुद्धिजीवीको ट्याग भिर्न पाउने एउटा सामाजिक मापदण्ड नै बन्न पुग्यो, ज-जसले आफ्नो रैथाने पनको कुरा गरे, ज-जसले आआफ्नो परम्परागत धर्म संस्कृतिको जगेर्नाको कुरा गरे, ती ती प्रतिगामी, रुढीबादी,कट्टरवादीको बिल्ला भिर्न पर्
यो !!

०६३ पछी त्यतिबेला अनिवार्य नेपाली युवाहरूलाई सैन्य तालिम दिनुपर्ने भनेर किन जिद्दी गरिरहेका थिए होला ? भनेर एकपटक टाउकोमा हात राखेर एकपटक सबैले सोंचौं ! यी यही कामको लागि थियो।
तँ आर्य म मंगोल ! तँ हिन्दु म गैर हिन्दु !! तँ बाहिर बाट आएको म यहीँ च्याउ जसरी प्लुत्त उम्रेको !! भन्दै देशीविदेशी फण्ड बाट संचालित संघ संस्था पार्टीले घरघरमा बालबालिकालाई यस्तो शिक्षा दिएर हुर्काएको बालबालिकाहरु युवा उमेरमा पुगेपछि राज्यद्वारा नै हातहतियार गोला बारुद चलाउन “सैन्य तालीम” पनि प्राप्त भएपछि त्यसपछि हुने भनेको दक्षिण अफ्रिकामा जस्तो भीषण जातीय द्वन्द्व नै हो।

अन्तमा: २०६३ पछी त्यतिबेला देखि यतिबेला सम्म राज्यको प्रमुख प्रमुख अंगमा हिन्दु कूलमा जन्मेको बाहुन क्षेत्रीकै छाउरा-छाउरीहरु छन् ! तिनकै नाक मुन्तिर यी सबै काम भैरहेको छ, तिनकै घोषित अघोषित संरक्षणमा प्रवर्द्धनमा भैरहेको छ, तपाईंलाई अचम्म लाग्ला संसारमा काहिँ पनि नहुने कुनै पनि देशको कानुनले नदिने एउटा जाति धर्मको पर्वलाई बाहिस्कार गरौं भन्दै सहर बजारमा जुलुस आयोजना गर्छ, प्लेकार्डमा शरणार्थी बाहुन भगाऔं भनेर आपत्तिजनक लेखेर जूलूस निकाल्छ अनि त्यो निकाल्न जिल्ला प्रशासन कार्यलयको CDO बनेर बसेको बाहुनले अनुमति दिन्छ, त्यो जूलूसलाई जिल्ला प्रहरी कार्यलयको कुनै हिन्दु कुलमा जन्मका क्षेत्री जातका DSP ले सुरक्षा दिँदै सम्पन्न गराउँछ, यो सबै काम सरकारी छत्रछायामा भैरहेको छ। जातीय द्वन्द्व धार्मिक द्वन्द्व गराउन हिन्दु कुलमा जन्मेकै कोख बाट हिन्दु बौद्ध बिचमा फाटो ल्याउन बौद्ध र हिन्दुको केस्रा केस्रा केलाएर हिन्दु बौद्ध ३६ को सम्बन्ध छ कसरी मेल खान्छ ? भन्दै बिभाजनमा मलजल गरेर जातीय धार्मिक द्वन्द्वको लागि सबैतिरबाट वातावरण तयार गर्दै छ र त्यसमा सबैभन्दा बढी दोषी उच्च ओहदामा पुग्ने जन्मले बाहुन क्षेत्रीको कुलमा जन्मेको कुलंगरहरुको कारण नै आज बाहुनवाद भन्दै दु:ख पाउने तीन पुस्ते गाली खाने अपहेलित हुने चाहिँ साँझ बिहान् खनी खोस्री जिविका धान्ने बाहुन क्षेत्रीहरु नै हुन् !!
प्रतिक्रिया दिनुहोस्