काठमाडौंमा भेटिए हैजाको बिरामी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिएका छन ।

‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा (चटपटे) खाएको उहाँहरुले बताउनुभएको छ’, गौतमले भने, ‘एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको छ ।’

गौतमका अनुसार हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।

हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् । टेकुमा मात्रै पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढी झाडापखलाको बिरामी आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array