एमालेले संसद बहिस्कार गर्दा भीम रावल सदनमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागि भएका छन् ।

रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गरेका छन्।

‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छ कि छैन ? रावलले प्रश्न गरेका थिए।

उक्त सहमतिको प्रस्तावबारे अन्य सांसदले समेत प्रश्न उठाएको बारे अहिले गृहमन्त्री खाँणले जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array