सरकारको जवाफः अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नहुने बताएको छ ।
रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भनेका छन्, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन ।

नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने गृहमन्त्री खाँणले बताए ।

प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

Array