सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

अब किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकले सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले वाई ब्याक ग्यारेन्टी सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन । बैंकको कर्जा प्रवाहको कार्यक्रमले किसानलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array