आज चुरे दिवस एक लाख बोटबिरुवा रोपिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

 

काठमाडौं । आज आठौं चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका लागी विभिन्न कार्यक्रमहरु हुन्छन् ।

दिवसका अवसरमा समितिले रुख र फलफूल प्रजातिका कम्तीमा एक लाख बोटबिरुवाहरु रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँस, अम्रिसोजस्ता प्रजाति र एक करोड रुख, फलफूल प्रजातिका बोटबिरुवाहरु रोप्ने लक्ष्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्