एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय अनुमोदन, गठबन्धनलाई जोगाउन पहल गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले पार्टीको तर्फबाट सरकारमा पठाईएका मन्त्रीहरुको हेरफेर गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

बुधबार सकिएको सचिवालयको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । प्रचार विभाग प्रमुख एवं पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘बजेटको काम समाप्त भए पश्चात उचित समयमा नयाँ मन्त्रीहरु पठाउने छौं ।’

- Advertisement -
Ad imageAd image

एकीकृत समाजवादीको २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

तर संसदमा बजेटमाथि छलफल चलिरहेको र सत्ता साझेदार अन्य दलमा पनि मन्त्री फेर्ने दबाव बढेको भन्दै सत्तारुढ गठबन्धनमा सोमबार तत्काल मन्त्री नफेर्ने सहमति भयो । नेताहरुका अनुसार त्यसबेला नै प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास भएपछि मन्त्रीहरु हेरफेर गर्न सहमति जनाएका थिए ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले स्थायी चुनावको समीक्षा गर्दै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन पहल गर्ने निर्णय गरेको छ । साथै विगतका कमजोरी सच्याउन सबैलाई सम्वादमा ल्याउने र व्यवस्थित भएर अगाडि बढ्न कोसिस गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

बैठकले कर्णाली प्रदेश कमिटीमा २० सदस्य थप गरेको छ भने १२ जनालाई हटाउने निर्णय गरेको छ । यस्तै असार १० गते पोलिटब्यूरो, ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक समेत बोलाइएको बताईएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्