गाँजा खेतीबारे सरकारले अध्ययन थालिसक्योः कानुन मन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले गाँजा खेतीबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको बताएका हुन् । उनले गाँजा सम्बन्धी नेपाल कानुन आयोगले अध्ययन गरिरहेको समेत बताए ।

- Advertisement -
Ad imageAd image

आयोगले अध्ययनपछि दिने प्रतिवेदनका आधारमा कानुन तयार हुने उनले जानकारी दिए। उनले गाँजा खुला गर्ने कि नगर्ने र अन्तर्राष्ट्रिय अभ्यास तथा यसलाई खुलाउनैपर्ने वा नपर्ने कारणसहित प्रतिवेदन आएपछि यस सम्बन्धी विधेयक पेस हुने सदनलाई जानकारी गराए।

गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा विधेयक दर्ता भएपछि सरकारले अध्ययन सुरु गरेको पनि उनले बताए।

गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकको प्रचलन बुझेर नेपालमा कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लगाइएको मन्त्री बन्दीको भनाई छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्