देशलाई अप्ठ्यारोमा पुर्‍याउने कुनै पनि सम्झौतामा हस्ताक्षर हुदैन: प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका छन् ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने प्रचार भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बालुवाटारमा भएको भेटमा प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले देशलाई आघात वा अप्ठ्यारो पार्ने सम्झौतामा आफूले कहिल्यै पनि हस्ताक्षर नगर्ने प्रस्ट पारेका हुन् ।

भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितको टोली प्रधानमन्त्री निवास वालुवाटार पुगेको थियो।

भेटपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको बैठकमा भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेको जानकारी दिए ।

उनले प्रधानमन्त्री देउवाले नै त्यसबारे प्रस्ट पारेपछि अब बाहिर फैलाइएको कुरामा विश्वास गर्नुपर्ने कारण नभएको समेत स्पष्ट पारे । देशको हितमा छ कि छैन भनेर हामी सबैले चासो राख्नु स्वभाविक भएकाले बैठकमा एकीकृत समाजवादीले असंलग्न परराष्ट्र नीतिलाई छोड्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array