काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुने दाबी गरेका छन् ।

कार्यक्रममा लागि बर्दिया पुगेका अध्यक्ष प्रचण्डले एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा भने छलफल जारी रहेको बताएका छन् ।
एकै चरणमा चुनाव गर्दा सुरक्षा व्यवस्थामा केहि कमजोरी हुने हो कि भन्ने आशंका पनि रहेको भन्दै प्रचण्डले त्यसमाथि छलफल जारी रहेको बताएका हुन् ।
प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास(समृद्धिको यात्रा अघि बढ्ने उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्