मन्त्रीहरूले आजको संसद बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ ।

बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आवको बजेट १५ जेठमा संसदमा प्रस्तुत गरेको थियो ।

Source

प्रतिक्रिया दिनुहोस्

Array