जेठ मसान्तसम्ममा ३९ प्रतिशत मात्र खर्च:महालेखा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०७९, सोमबार
2 Min Read
Aa

काठमाण्डौ – देशको विकासका लागि पूर्वाधारको निर्माणको नाममा अर्थात् पुँजीगत खर्चका लागि लिने गरेका वैदेशिक ऋणबाट उपलव्धिभन्दा पनि ब्याज तिर्न मात्र लिएको साबित हुन थालेको छ ।

हरेक वर्षको बजेटमा पुँजीगत खर्चका लागि विभिन्न योजना अगाडि सार्ने र जनतालाई मख्ख पार्न यो विकास त्यो विकास भने तापनि वास्तवमा ती विकास निर्माणहरू आयोजनामा संलग्न कर्मचारी, राजनीतिक कार्यकर्ता र ठेक्कादारका लागि दुहुनो गाई मात्र बनिरहेको छ ।

विकासको नाममा जनताको आँखामा छारो हान्दै सरकारले वैदेशिक ऋण मात्र लिएको देखिएको छ । गत आर्थिक वर्षमा पनि कुल पुँजीगत खर्चको ६५ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले यसपालि भने जेठ मसान्तसम्ममा ३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पूर्वाधार निर्माण नभई देश विकासमा पछि पर्ने र बजारमा लगानीयोग्य रकमको अभाव भई मुलुक चलायमान नहुने भए पनि हरेक सरकार विकास खर्च गर्न असक्षम बन्दै आएका छन् ।

असार नलागेसम्म पुँजीगत खर्च नहुने आरोप लाग्दै आएको सही भएको पुष्टि गत वर्षको तथ्यांकले पनि देखाउँछ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्ममा ३९ प्रतिशत मात्र खर्च भएकोमा असारमा आएर ६४ प्रतिशत खर्च भएको थियो ।

यसपालि पनि सुस्त गतिमा पुँजीगत खर्च हुन नसकेको छैन । हालसम्ममा ३६ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । जबकि तलब भत्ताजस्ता चालू खर्च ७४ प्रतिशत भइसकेको छ ।

सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा हालसम्ममा १ खर्ब ३६ अर्ब १८ करोड ३६ लाख मात्र खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा सरकारले ३ खर्ब ७८ खर्ब ९ करोड ७७ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा ३६ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Array