फल्से इगो को नतिजा सामाजिक सञ्जालमा नायिकाको खोइरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०७९, शनिबार
3 Min Read
Aa
MONK

 

एकातिर हलिवुडको चकाचौध ग्ल्यामर त्यागि कयौ हलिवुडको प्रख्यात कलाकारहरु बौद्ध धर्म प्रति आस्था बढ्दै गरेको र बौद्ध धर्म स्वीकारेको पाइन्छ भने अर्को तिर नेपाली सिने नायिका भने लामा माथि जाइ लागे । जानकार भन्छन यो दुर्भाग्यपूर्ण हो , अर्कोतिर मनोबैज्ञानिकहरु अनुसार एस्तो घटना हुनु भनेको फल्से इगो को परिणाम हो।

हालै मात्र सार्वजनिक भिडियोमा धर्मगुरु लामाले यथार्थ खुलाए

फूलाई पटकपटक पिठ्युँमा छोएको आरोप लगाएकी नायिकाले गत जेठ १५ गते फिल्म हेर्न सिभिल मल पुगेका लामालाई सार्वजनिक स्थलमै थप्पड हानेकी हर्कत को भिडियो देखेर एकछिन त देख्ने जतिको रगत पनि तातियो होला । सार्वजनिक स्थलमै थप्पड हानेकी नायिकाको विरोधमा सामाजिक सञ्जालमा आम नागरिकहरु खनिएका छन् ।
गत जेठ १५ गते फिल्म हेर्न सिभिल मल पुगेका लामालाई नायिकाले भलिभाँती सुनाएकी थिइन् ।

नेपाली राम्रोसंग नजान्ने लामाले माफी माग्दामाग्दै पनि नायिकाले प्रहरीकोमा जिम्मा लगाइन् । निर्दोष व्यक्तिमाथि गरिएको व्यवहारको विरोधमा सामाजिक सञ्जालमा नायिकाको खोइरो खन्नेहरुको ओइरो लाग्यो ।

सो घटनापछि दर्शकले रुचाएको कबड्डी ४ को पोस्टरहरु फाड्ने र जलाउने क्रम शुरु भयो । सिनेमा हल घेराउ गरियो । नायिका प्रकरणले फिल्म बहिष्कार गर्ने ट्रेण्ड नै चल्यो । यसविषयमा तकवितर्क शुरु भयो । मुलुकको हरेक कुनाबाट लामाको पक्षमा आवाज उठ्यो । अरुको गालामा हानेको थप्पड आखिर नायिकाकै गालामा बज्यो । जति नै दाबी गरेपनि अन्ततः नायिकाले पछि हट्नैपर्यो ।

हालैमात्र सार्वजनिक भिडियोमा धर्मगुरु लामाले यथार्थ खुलाएका छन् । उनले आफूले नायिकालाई नछोएको बताएका छन् । फिल्म हेरेर बाहिर निस्कँदा सेलिबृटीहरु त्यहीँ देखेकाले आफूलाई फोटो खिच्न मन लागेको उनले भिडियोमा भनेका छन् ।

‘त्यतिखेर एकदमै भीड थियो’,उनले भने ‘फोटो खिच्ने क्रममा एक्कासी चड्काइन्’ । आफूले माफी माग्दामाग्दै पनि प्रहरीलाई बुझाएको लामा बताउँछन् । ‘प्रहरीले समातेर लगेपछि भित्रभित्रै कामेको थिएँ, अब के हुन्छ होला भन्ने डर लागिरहेको थियो’ उनले भने ।

महानगरीय प्रहरी वृत्त, जनसेवामा रहँदा सोही फिल्मका कलाकारहरु भेट्न आएको उनी बताउँछन् । धर्म गुरु लामाको गल्ती नभइकन अरुले गल्ती गरेको थाहा पाएपछि नायिका मगरले मेरो करियर ड्यामेज हुन्छ भन्ने रोइकराइ गरेको भिडियो संवादमा उल्लेख छ ।

नायिकाले आफू बदनाम हुने देखेपछि आँशु बगाउँदै तपाईको गल्ती हो भनी स्वीकार्न लगाएको लामाको दाबी छ । उनले भनेपछि कागजमा हस्ताक्षर गर्न तयार भएको हुँ,उनी भन्छन् ।

तर,कागजमा के लेखिएको थियो यसबारे उनलाई अत्तोपत्तो छैन । किनकि लामालाई नेपाली भाषा पढ्न आउँदैन । नायिका लामाको करियरको निम्ति आफू दोषी बनेको उक्त भिडियोमा देखिएको छ ।

नायिकाले हस्ताक्षर गरेको कागजातमा भाइ सम्झेर माफ दिएको उल्लेख छ । तर, वास्तविकता भने अर्कै रहेछ । नायिका मिरुनाले आफ्नो करियर जोगाउनका लागि अरुको जिन्दगी दाउमा राख्न गरेको भनिएको अाँटको अहिले सर्वत्र खण्डन भइरहेको छ ।

यो संवादपछि धेरैले लामाको पक्षमा आवाज उठाएका छन् । सोझो, इमान्दार भन्दैमा अत्याचार गरिएको कतिपयको ठहर छ । नायिकालाई सार्वजनिक स्थलमा माफी माग्न लगाउनुपर्छ भन्नेहरु पनि उत्तिकै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array