एका बिहान भुकम्प को झट्का:मानिसहरु घर बाहिर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa
EARTHQUAKE

काठमाण्डौ – शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

प्रत्यक्ष महसुस हुनेगरी काठमाण्डौ उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ । शनिबार बिहानको भूकम्पसँगै निदाएका मानिसहरु घर बाहिर निस्केका थिए।

प्रतिक्रिया दिनुहोस्

Array