नेपाल को यी भूभागमा आज चट्टयाङसहित वर्षा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

गए  रातिदेखि  काठमाडौं उपत्यकालगायत स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, तराइ को भूभाग र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।

पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ , तराइ को भूभाग ,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै प्रदेश १, तराइ को भूभाग , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि शुक्रबार पनि प्रदेश १, तराइ को भूभाग र बागमती प्रदेशमा  सामान्य देखि पूर्ण बदली  रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रहने र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा तराइ को भूभाग सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Source

प्रतिक्रिया दिनुहोस्

Array