पार्टि भित्र बाटै बदनाम गर्ने कोशिस :मन्त्री आले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरूले आफूलाई बदनाम गरेको आरोप लगाएका छन् ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही चिप्ले नेताहरुले आफूलाई बदनाम गरेको आरोप लगाएका हुन् ।

उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको र परेको खण्डमा अरुलाई पालो दिन तयार रहेको स्पष्ट पारे । उनले आफूलाई बदनाम गर्न लागिपरेका नेताहरुलाई चोरको संज्ञा दिए ।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो, मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौं,’ मन्त्री आलेले भने, ‘दुई महिना त ग्रेसपार्क पाइसक्यो, अरु साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, तर हाम्रै पार्टीका केही चिप्ले चोरहरू÷चिप्ले किराहरू आलेले धरै चलखेल ग¥यो भनेर इन्टरभ्यू दिइरहेका छन् ।’

Source

प्रतिक्रिया दिनुहोस्