इम्बोस्ड नम्बर प्लेटमा कमिशनको चलखेल:अध्यक्ष पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा अरबौंको कमिशनको चलखेल भएको आरोप लगाएका छन् । उनले कमिशनमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र साला भूषण राणा संलग्न भएको आरोप लगाए ।

आज राजधानीमा इम्बोस्ड नम्बर प्लेटविरुद्धको प्रदर्शन पछि सम्बोधन गर्दै पौडेलले आरजु देउवा र भूषण राणाको नामै तोकेर संलग्न भएको आरोप लगाए । उनले भने,‘माफियालाई पोस्न खोजिएको छ । यसमा भूषण राणा र आरजु देउवा राणा खेलोमेलोमा संलग्न छन् ।’ इम्बोस्ड नम्बर प्लेटको चलखेलमा ठूलै समूह लागेको भन्दै बालुवाटारमै योजना बनेको टिप्पणी गरे ।

इम्बोस्ड प्लेटको नम्बर प्लेटको सेटिङ मिलाउन आरजु देउवा विदेश जान लागेको समेत बताए । उनले भने,‘आरजु देउवा सेटिङ मिलाउन विदेश जाँदै हुनुहुन्छ ।’

इम्बोस्ड नम्बर प्लेटमा ठूलै घोटाला भएको पौडेलको आरोप थियो । उनले अरबौं अरब विदेश पठाउने चलखेल भएको टिप्पणी गरे । इम्बोस्ड नम्बर प्लेटको घोटाला गर्नेमाथि कडा कारबाहीका लागि आफूहरुको प्रदर्शन रहने बताए ।

अर्को प्रसंगमा पौडेलले प्रधानमन्त्री देउवाका पुत्र जयवीरसिंह देउवाको पहलमा भारतबाट आयात गर्ने स्यानिटरी प्याडमा ९० प्रतिशत छूट दिने निर्णय भएको आरोप लगाए । उनले यसमा पनि ठूलै आर्थिक चलखेल भएको आरोप लगाए ।

Source

प्रतिक्रिया दिनुहोस्

Array