औषधि व्यवस्था विभागमा कमिसनको खेल:सांसद प्रेम सुवाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं :संसदमा औषधि व्यवस्था विभागको सेवा प्रवाहमाथि प्रश्न उठेको छ ।

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएको विभागले गर्ने कामप्रति संसदमा प्रश्न उठेको हो ।

सांसद प्रेम सुवालले करोडौं घुस खाने औषधि व्यवस्था विभाग नयाँ भन्सारका रुपमा परिणत भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘एउटा औषधि व्यवस्था विभाग छ, सभामुख महोदय । बिरामीलाई आवश्यक गुणस्तरीय औषधि ल्याउन करोडौं करोड घुस खाने नत्र ल्याउन नदिने औषधि व्यवस्था विभाग छ । त्यो अहिले नयाँ भन्सार र नयाँ मालपोत कार्यालय भयो भनेर बिरामीहरुको गुनासो छ । प्रधानमन्त्रीको विश्वासपात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ ।’

औषधि व्यवस्था विभागमा अराजक कमिसनको खेल किन रोकिएन भन्ने जनताको प्रश्न भन्दै सम्बन्धित मन्त्रीसमक्ष ध्यानाकर्षण गराए ।

Source

प्रतिक्रिया दिनुहोस्

Array