भन्सार महशुल नघटे उद्योगको १ खर्ब लगानी जोखिममा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको ६ अर्ब ५० करोड रूपैयाँको व्यवसायमा असर पर्ने बताएको छ ।

संघका महासचिव अमित मोरका अनुसार नेपाली बिस्कुट कम्पनीले स्वदेशमा उत्पादित ६ अर्ब ५० करोड रुपैयाँ बराबर तेल खरिद गर्ने जानकारी दिए।

‘सरकारले तेल बनाउने कच्चापदार्थको भन्सार महशुल १० प्रतिशत बनाएको छ,’ मोरले क्लिकमाण्डूसँग भने, ‘बिस्कुटलाई तयारी तेल आयात गर्न ५ प्रतिशतको भन्सार महशुल लगाइएको छ। कच्चापदार्थभन्दा अन्तिम उत्पादनको भन्सारमहशुल ५ प्रतिशत बढी बनाउने कसरी उपयुक्त हुन्छ ।’

मोर सरकारले तेलको कच्चापदार्थको भन्सार महशुल नघटे सञ्चालनमा रहेका २२ र सञ्चालन हुने क्रममा रहेका ३ उद्योगको १ खर्ब लगानी जोखिममा पर्ने बताउँछन् ।

घ्यू तेल उद्योगमा १५ हजारले प्रत्यक्ष रोजगार पाएकोमा सरकारको नीतिले १५ हजारको रोजगार जोखिममा परेको मोरको दाबी छ ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश oilअग्रवालले सरकारले घ्यू तेल र बिस्कुट उद्योगलाई बचाउने गरी राज्यले नीति लिनुपर्ने बताए ।

Source

 


प्रतिक्रिया दिनुहोस्