बंगलादेश आगलागी अपडेटः ज्यान गुमाउनेको संख्या ४० पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं  – बंगलादेशको दक्षिण–पूर्वी सहर सीताकुन्डको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।

ज्यान गुमाउनेमा पाँच जना अग्नी नियन्त्रक पनि रहेको बीबीसीले जनाएको छ। सीताकुन्ड बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ।

- Advertisement -
Ad image

चटगाउँ मेडिकल कलेजका अनुसार अहिलेसम्म ३४ जनाको शव अस्पताल पर्‍याएको छ। आगलागीमा सयौँ जना घाइते भएका हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सीताकुन्डमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल बोलाइएको थियो। त्यहीबेला विष्फोट पनि भएको बताइएको छ। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

डिपोमा केही कन्टेनरमा केमिकल रहेको र त्यही कारण आगो फैलिएको हुनसक्न आँकलन गरिएको छ। घटनास्थल आसपासका अस्पतालहरु घाइतेहरुले भरिएका छन्। उपचारमा रगतको अभाव भएपछि रक्तदानका लागि सर्वसाधारणलाई अपील गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्