थप १३ जनामा कोरोना संक्रमण, ११० जना सक्रिय संक्रमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७९ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

- Advertisement -
Ad image

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४६०पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १३७ जना संक्रमणमुक्त भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्