होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सीपल प्रहरी नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले दुव्र्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।

महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सीपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए । ‘विद्यार्थीहरुले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका रहेछन्, तर उहाँले केही गर्नुुभएन भन्ने अभिभावकको गुनासो छ, हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’ उनले भने ।

यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरु पनि प्रहरी वृत्त वौद्धमा पुगेका छन् । अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

Array