वि.सं. २०७९ ज्येष्ठ १७ गते मङ्गलवार:राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०७९, मंगलवार
13 Min Read
Aa

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

विगतको लगानीको प्रतिफल प्राप्त हुन थाल्नेछ, त्यस्तै कारोबार र हिसाबकिताव क्लियर गर्ने समय हो, मनको बोझ घट्ने छ र मन चङ्गा हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक रूपमा लाभसमेत पाउन सक्नुहुन्छ । आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्नेछन् । लामो समयदेखि बनाउन नसकेको काम बनाउन सकिने समय हो । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै बढ्नसक्छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, व्यवहारिक समस्या हल गर्न सहयोग आदान/प्रदान हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित दिन छ, आर्थिक सङ्कट बढ्ने समय भएकाले मनलाई लगाम लगाउनु बेस हुन्छ । व्यापारमा लगानी बढाउने समय हो, खर्च लागे पनि अहिलेको प्रयासले पछिलाई फाइदा हुनेछ । कारोबारमा थप सफलता पाउन प्रतिस्पर्द्धामा जानुपर्ने हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनुपर्ने हुन्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सकेसम्म आफ्नो पार्टनरका भावना र मनसायलाई बुझ्ने प्रयास गरी कार्यक्षेत्रमा सक्रिय रहनु उचित हुन्छ । आफ्नो व्यस्तता सुरुमा नै बताएर विश्वास जित्न सकिने छ । आज दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान/प्रदान गर्ने दिन हो, उता कार्यक्षेत्रमा पनि सँगीसाथीका बीचमा सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

शुभचिन्तकहरूको साथ पाइने छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने दिन हो । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर दिगो सम्पत्ति, घरजग्गा वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने समय हो, हाँके/ताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । अस्वस्थताका बीचमा कामको चाप बढ्ने दिन हो । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन्, परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ ।  समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । आजको भाग्यबल १० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । परिवारमा सुख र सौहाद्र्रता प्राप्त हुनेछ । आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिंदा अवसर गुम्ने खतरा छ । राम्रो रिजल्ट निकाल्न राम्ररी खट्नुपर्ने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला । आवश्यक पर्दा आफन्त र मित्रवर्गको सहयोग पाइने छ, वैदेशिक प्रयोजनको काममा पनि फाइदा नै देखिन्छ । लामो दूरीको यात्राको योजना बन्नसक्छ, तर सानो भुलचुकका कारण हातैमा आएको अवसर पनि उम्कन सक्छ, होस राख्नुपर्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

व्यक्तित्व विकासका निमित्त थप अध्ययन वा कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु जाती हुन्छ, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी अझ धेरै मिहिनेत गर्ने समय हो । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । घरमा सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको उन्नति, प्रगति वा आचरणसम्बन्धी कुरामा चिन्ता गर्नु राम्रो हुन्छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कामको चाप बढ्नेछ, सहयोगीको साथ पाइँदैन, अझ कुनै काम सम्पन्न गर्न दोहोर्याई/तेहेर्याई गर्नुपर्ने परिस्थिति बन्नेछ । एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनुका साथै निकै सतर्कता अपनाउनुपर्ने दिन हो । घरपरिवारका कुरा खेल्दा मन एकतमासको बन्नसक्छ । कार्यक्षेत्रमा खप्की खानुपर्ने परिस्थिति आउनसक्छ, सचेत भएर चल्नुपर्ने समय हो । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । व्यक्तिगत स्वार्थभन्दा पनि सँगीसाथी र आफन्तको सहयोगमा रुचि बढ्नसक्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वि.सं. २०७९ ज्येष्ठ १७ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मई ३१ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (तछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, चन्द्रोदय : बिहान ०५:३३ बजे र चन्द्रास्त : साँझ ०६:४५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, ज्येष्ठ शुक्लपक्षको प्रतिपदा/परेवा तिथि, साँझ ०५:४७ बजेसम्म, त्यसपछि द्वितीया तिथि, रोहिणी नक्षत्र, बिहान ०९:११ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, बेलुका १०:२७ बजेसम्म, त्यसपछि मिथुन राशिमा, धृति योग, मध्यरात्रीपूर्व ११:५९ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा बब करण साँझ ०५:४७ बजेसम्म, त्यसपछि बालब करण भोलि बिहान ०६:४५ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवणर् : सेतो (बेलुका १०:२७ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : दक्षिण (बेलुका १०:२७ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : पूर्व (साँझ ०५:४७ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : उत्तर, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : चन्द्रोदय (चन्द्रदर्शन), दशहरा स्नान प्रारम्भ, गोसाइँकुण्ड स्नान प्रारम्भ, विश्व धूमपानरहित दिवस, आजको मुहूर्त : शुभ विवाह एवं चुल्लीचक्र जुरेको दिन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १८ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, द्वारचक्र, पुराण श्रवण, १९ गते : कौशिकी उत्पत्ति, महाराज छत्रशाल जन्मजयन्ती (कृष्णप्रणामीहरूको पर्व), मुहूर्त : व्रतबन्ध, २० गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

 

प्रतिक्रिया दिनुहोस्

Array