आगामी बजेट २०७९/८० का पूर्ण पाठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ जेष्ठ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ —  उत्पादन क्षेत्रमा आधारित अर्थतन्त्र निर्माण गरि उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य ले आइतबार अर्थमन्त्री जनार्दन शर्माले  २०७९/८० का लागि बजेट प्रस्तुत गरेको छ । पुँजी र प्रविधिको एकीकृत,उपलब्ध प्राकृतिक साधन स्रोत परिचालन गरि वित्तीय अनुशासन कायम गर्दै मुद्रास्फीति लाइ वाञ्छित सीमाभित्र राखी स्वदेश मा रोजगारी सिर्जना गरि गरिबी निवारण गर्ने लक्ष्य लिइएको बताएका छन् I सरकारले २०४९ अघि सञ्चालनमा रहेका साझा संस्थाहरुबाट किसानहरुले लिएको ऋण मिनाहा गर्ने घोषणा बजेट भाषण मार्फत गरेको छ i

पूर्ण पाठ  budget full     

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ,बजेट मार्फत कृषि क्षेत्र, नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास, पूर्वाधार विकास र पुँजी निर्माण तथा वैज्ञानिक अनुसन्धान र विकासलाई प्राथमिकतामा राखेको छ।

कुल बजेट विनियोजन मध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, बाकि पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । अर्कोतिर स्थानियतह र प्रदेश मा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

प्रस्तुत गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । अर्कोतिर वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array