क्याप्टेन घिमिरेको मोबाइलको लोकेसन ट्र्याक गर्दा लेते देखाए:एनटिसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

१५ जेठ, काठमाडौं । ’मौसम खराब भएका कारण खोजीका लागि हेलिकप्टर पठाउन कठिन भए पनि प्रयास जारि छ । विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।

पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै टिटी लेकतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेपाल प्रहरी र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई जहाज खोज्न आवश्यक पर्ने सहयोग गरिरहेको बताए । तर उनले मोबाइलको लोकेसनबारे भने बताएनन् ।

यसअघि स्थानीयले घाँसातिर ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर सूचना दिएपछि प्रहरी र स्थानीयको टोली त्यसतर्फ गएको थियो तर त्यहाँ जहाज फेला परेन ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्