ह्वावे पी५० पकेटको नयाँ भेरियन्ट बजारमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । ह्वावेले आफ्नो स्मार्टफोन पी५० पकेटको नयाँ भेरियन्ट पनि सार्वजनिक गरेको छ । बजारमा रुचाइएको यो फोल्डेबल फोनको ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको भेरियन्ट सार्वजनिक भएको हाे ।

यसअघि गत डिसेम्बरमा यो फोनको दुईवटा भेरियन्ट सार्वजनिक भएको थियो । गत डिसेम्बरमा कम्पनीले ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजका साथै १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको दुईवटा फोन सार्वजनिक गरेको थियो ।

२५६ जीबी इन्टर्नल स्टोरेज कम हुने र १२ जीबी र्‍यामको मूल्य तिर्न नसक्ने प्रयोगकर्तालाई मध्यनजर गर्दै कम्पनीले मध्यम भेरियन्ट  ल्याएको हो । ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९,९८८ यूआन (एक लाख ८१ हजार रुपैयाँ) तोकिएको छ ।

पहिले सार्वजनिक भएको ८ जीबी र्‍याम र २५६ जीबी भेरियन्टको मूल्य ८,८९८ यूआन (एक लाख ६२ हजार रुपैयाँ) र १२ जीबी र्‍याम सहित ५१२ जीबी र्‍याम स्टोरेजको मूल्य १०,८९८ यूआन (एक लाख ९८ हजार रुपैयाँ) रहेको छ ।

ओआईएस सहित फोनको प्राइमरी शुटर ५० मेगापिक्सेल सेन्सरको छ, जसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा छ, जसले ३.५एक्स अप्टिकल जुम र १००एक्स डिजिटल जुममा फोटो खिच्नसक्छ ।

त्यस्तै यसमा १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ४० मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्टसहित ४३६० एमएएचको ब्याट्री छ ।

कम्पनीका अनुसार फोनले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पनि गर्छ ।

अन्य विशेषताको कुरा गर्दा यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, आईपी ६८ डस्ट एन्ड वाटर प्रोटेक्सन, यूएसबी टाइप-सी पोर्ट, स्टेरियो स्पिकरलगायत छन् । पी५० पकेटको यो नयाँ भेरियन्ट हाल चिनियाँ बजारका लागि मात्र उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

Array