तपाईंले किनेको आईफोन साच्चिकै नयाँ हो त ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नयाँ आईफोन किनेपछि कहिल्यै त्यो फोनको हिस्ट्री नियाल्नु भएको छ ? कतै तपाईंले किनेको आईफोन मर्मत गरेर नयाँजस्तै बनाई (वा रिफर्बिस गरी) बेचिएको त होइन ?

तपाईंले किन्नुभएको आईफोन नयाँ हो कि रिफर्बिस्ड हो भन्ने कुरा आफैं सजिलै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि पहिले आफ्नो आईफोनको मोडल नम्बर चेक गर्नुहोस् ।

सेटिङको ‘जेनेरल’ भित्र रहेको ‘अबाउट’ मा जानुहोस् ।  

‘अबाउट’ मा तपाईंको आइफोनको सफ्टवेयर भर्सन, डिभाइस नेम, सिरियल नम्बर, मोडल नाम, मोडल नम्बर हेर्न सक्नुहुन्छ । मोडल नम्बरले तपाईंको आईफोनको प्रकृति के कस्तो छ भन्ने कुरा निर्धारण गर्छ ।

यदि तपाईंको मोडल नम्बर M बाट सुरु भएको छ भने आईफाेन नयाँ हो भन्ने बुझिन्छ ।  त्यस्तै यदि F बाट सुरु भएको छ भने तपाईले किनेको आईफोन रिफर्बिस्ड गरिएको हो भन्ने बुझिन्छ ।

P बाट मोडल नम्बर सुरु भएको छ भने पर्सनालाइज गरिएको आईफोन हो ।

N  बाट  सुरु भएको छ भने चाहिँ तपाईंको आईफोन कुनै बिग्रिएको/खराब आईफोनको रिप्लेस्मेन्टको रुपमा बेचिएको आईफोन हो ।

रिफर्बिस्ड भएका आईफोन पनि नयाँले जस्तै राम्रो काम दिन्छ।  एप्पलले आफ्ना सर्टिफाइड रिफर्बिस्ड प्रडक्टलाई आवश्यकता अनुसार मर्मत गरेर पुरै नयाँ जस्तै बनाउँछ ।

यस्ता रिफर्बिस्ड आईफोन नयाँ जस्तै देखिने र नयाँले जस्तै काम गर्ने भए पनि  एप्पलले यस्ता फोन नयाँ भनेर बेच्न पाउँदैन । त्यसैले एप्पलले सामान्यतः यी मर्मत गरिएका आईफोन प्रडक्टहरुलाई विशेष छुटमा बेच्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्