सरकारले सार्वजनिक सवारीको भाडा बढाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो।

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ। नेपाल आयत निगमले गत शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएसँगै भाडा समायोजन भएको हो।

समायोजन भएको भाडा भोलिदेखि लागू हुने विभागले बताएको छ।

यस्तो छ नयाँ भाडादर

Source

 

प्रतिक्रिया दिनुहोस्

Array