प्रतिनिधिसभाको बैठक बस्दैछ:विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

- Advertisement -
Ad image

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Source

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्