आईपीओ आज बुधबार बिक्री खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – रिभर फल्स पावरको आईपीओ आज बुधबार वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आईपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Source

प्रतिक्रिया दिनुहोस्

Array