काठमाडौं महानगरपालिकाको मेयरमा गुठी आन्दोलनका अभियन्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०७९, शनिबार
6 Min Read
Aa

काठमाडौं महानगरपालिकाको मेयरमा गुठी आन्दोलनका अभियन्ता सुमन सायमी र उपमेयरमा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारीको चुनाव चिन्ह आँखीझ्याल रहेको जानकारी दिएको छ।
सायमी र महर्जनले काठमाडौं महानगरमा रहेका सम्पदा र सभ्यताको संरक्षण गर्ने उद्घोष गरेका छन् ।

मेयरको स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० वर्ष अघि आफु व्यापारी भएको स्मरण गराउँदै आफ्नो परिवारमा डोजरले आतंक मच्चाएको सुनाए । यस्तो समस्या आफुलाई मात्र नभई देशभर आतंक मच्चाएको महसुस गरेर आन्दोलनको सुरुवात गरेको बताए । व्यापारमा लागेको व्यक्ति एकाएक अन्यायको विरुद्ध आन्दोलनमा होमिन वाध्य भएको उनले स्मरण गराए । विश्व सम्पदा सुचिमा परेका सम्पदाहरुको आफुहरुले सुरक्षा गर्दै आएको पनि उनले दाबी गरे । नेपाल विभिन्न भाषाभाषी र संस्कृतिको संगम भएको भन्दै जात्रा पर्व देशको पहिचान भएको र जात्रा रोक्न हुँदैन भनेर आवाज उठाएको स्मरण गराए । सडक विस्तारको आन्दोलनमा मुद्दा जितेको भन्दै अन्यायको विरुद्ध आफुले उम्मेदवारी दिन लागेको उनले स्पष्ट पारे ।

सांस्कृतिक मुद्दा, आत्मनिर्भरको कुरा, वातावरणीय सन्तुलनको कुरा उठाउनु पर्ने विषय भएपनि नेतृत्वले नसुनेपछि आफुले भुमिको रक्षार्थ उम्मेदवारी दिएको उनको भनाई थियो । जनप्रतिनिधिको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने भन्दै उनले आफ्नो बोली राम्रो नभएपनि व्यवहारमा एकरुपता भएको ठोकुवा गरे । काठमाडौं नेवार समुदायको सभ्यता भएको भन्दै यो सभ्यतालाई विश्वभर चिनाउने प्रतिवद्धता जाहेर गरे । आम मानिसहरुको शिक्षा र स्वास्थ्यमा लाखौंलाख खर्च हुने भन्दै सायमीले शिक्षामा खर्च कम गरेर भ्रष्टाचार रोक्ने पनि जिकिर गरे ।

काठमाडौं महानगरका उपमेयरका स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले काठमाडौंलाई कायापलट गर्नसक्ने नेतृत्वको आवश्यकता रहेको बताइन् । काठमाडौं महानगर देशकै सपना बोेकेको शहर भएको भन्दै महानगरको समृद्ध कला, संस्कृति र सभ्यता अब आफुले जोगाउने प्रतिबद्धता जनाए। विभिन्न पहिचान बोकेको नेपालमा आफु जन्मेको भन्दै त्यसकोे ऋण तिर्न पनि आफूले उम्मेद्धवारी दिएको बताइन् । आधा आकाश ढाकेको महिलाहरुको नेतृत्व गर्दै आफु अघि बढेको उनले स्पष्ट पारिन् । आफ्नो चुनाव चिन्ह आँखीझ्याल भएको भन्दै उनले आफुलाई मत दिन नगरवासीसँग आग्रह गरिन् । महानगर स्वच्छ र हराभरा गराउने लक्ष्य राखेको र महिलाहरुको लागि विशेष प्याकेज लिएर आफु चुनावमा होमिएको बताईन् । महर्जनले आफु निर्वाचित भएमा नगरमा महिला बस, कम्युनिटी क्लिनिक र धार्मिक यात्राको लागि वृद्धवृद्धाको लागि निःशुल्क बस सञ्चालन गर्ने प्रतिवद्धता जनाइन् ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले भाषा, संस्कृति अभियानलाई बचाउनुपर्ने अबको आवश्यकता रहेको बताए । उनले आफ्नो पार्टीले आगामी बैशाख ३० गते हुने चुनावको लागि केही स्थानमा उम्मेदवार उठाएको बताए । काठमाडौंको संस्कृति, सभ्यतालाई बचाउन आवाज उठाउने क्रममा सायमी र विद्याजस्ता समाजसेवीको जन्म भएको उनले स्पष्ट पारे । उनीहरुको अभियानमा आफुहरुको संलग्न र समर्थन रहेको पनि मैनालीले बताए । उनले भने,‘नेपाल धेरै जाति बस्ने मुलुक हो । सबै जातिको नाम संविधानमा लेखियोस् । नेपालमा बोलिने मातृ भाषाहरु नेपालका राष्ट्रिय भाषा हुन् । सबैले राष्ट्रिय भाषाको मान्यता पाउनुपर्छ ।’
गुठी आन्दोलन, सडक आन्दोलन तथा विभिन्न आन्दोलनमा सायमी र विद्याले लडेको स्मरण गराउँदै काठमाडौंमा जन्मेको मान्छेलाई मात्र आफ्नो ठाउँको माया र समस्याको ज्ञान हुने पनि उल्लेख गरे । ‘राजनीतिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, सभ्यता, संस्कृति, र पछि सबैलाई बराबर न्यायको आन्दोलनमा होमिएका परिवार र व्यक्ति स्थानीय तहको नेतृत्वमा आउने निकै खुशीको कुरा हो । उहाँहरुको उम्मेदवारीमा हाम्रो समर्थन छ ।’–उनले भने ।

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले ४० वर्ष अघि काठमााडौं संस्कृतिको शहरको पहिचान भएको भन्दै पछिल्लो समय पहिचान मेटिँदै गएको चिन्ता व्यक्त गरे । विगत १० वर्षदखि काठमाडौंको संस्कृति, सम्पदा र देशलाई जोगाउनुपर्छ, स्वच्छ बनाउनुपर्छ र विश्वको सुन्दर शहर बनाउने प्रतिवद्धता व्यक्त गरेका उम्मेदवार सायमीलाई हाम्रो पार्टीको समर्थन छ ।’ खरेलले काठमाडौं महानगरवासीले भोट दिएर पठाएकाहरु सबै कुशासनमा लिप्त भएको टिप्पणी गरे । सायमीको उम्मेदवारीलाई समर्थन गर्दै भने,‘मैले सायमीको आँखामा आँखा जुधाएर हेरें, उहाँमा विल पावर देखें, इमानदारिता देखें, अब काठमाडौंले गतिलो मेयर पाउनेमा विस्वस्त छु ।’ उनले मेयरका उम्मेदवार सायमीमा काठमाडौंलाई समृद्ध बनाउनसक्ने भीजन देखेको उल्लेख गर्दै काठमाडौं महानगरको विकास हुनेमा आफु ढुक्क भएको बताए। खरेलले जनताले जिताएर पठाएका प्रतिनिधिहरु कोभिड महामारीमा सोल्टी होटलमा गएर बसेको भन्दै आम जनताहरुले भने संकटको बेलामा सामान्य स्वास्थ्य सुविधा पनि नपाएको गुनासो पोखे । अब राजधानी, राजधानी नै हुनुपर्छ । मेरो छोराले काठमाडौंमा स्वस्थ्य हावा र स्वस्थ सास फेर्न पाउनुपर्छ । जनताले आत्माको प्रयोग गरेर मत दिनुपर्ने बताउनुभयो। आफ्नो पार्टीले सक्षम व्यक्तिलाई मात्र भोट हाल्न अपिल गर्ने पनि स्पष्ट पारे ।

सत्ता गठबन्धनको चुनावी तालमेलप्रति असन्तुष्टि राख्दै खरेलले देश लुट्नको लागि गठबन्धन गरिएको आरोप लगाए। सायमीले जनतलाई बेईमानी नगर्ने ठोकुवा गर्दै बेइमानी गरे आफु राजनीतिबाट बाहिरिने पनि स्पष्ट पारे ।
नेवा अभियानका अभियन्ता तथा युवा नेता अनिश वैद्यले सडक विस्तारले पीडित भएपछि समाजसेवी सुमन सायमीको उदय भएको बताए । सडक विस्तारको मुद्दा न्यायालयले फैसला गरेपनि कार्यान्वयनमा नआएपछि ठुलो आन्दोलन गर्न परेको सुनाए । अहिले काठमाडौंको मेयरका उम्मेद्धवार सायमीले सरकारले ल्याएको गुठी विधेयकको विरुद्ध लामो समय लडेको ।

Source

प्रतिक्रिया दिनुहोस्

Array