स्वतन्त्र उम्मेदवार बारे विष्लेषण आवश्यक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०७९, शनिबार
2 Min Read
Aa

पहिलेको भन्दा विशेष प्रकृतिको चुनाव
स्वतन्त्र उम्मेदवारबारे विष्लेषण आवश्यक छ

अहिलेको स्थानिय चुनाव दुई वटा कारणले पहिलेका चुनावहरुभन्दा विशेष प्रकारको हुने देखिंदैछ। यसको एउटा विशेषता हो- दलहरुभित्र विद्रोहको लहर र स्वतन्त्र उम्मेदवारी। बन्द कोठामा अरु कसैको निर्देशनमा हुने गरेका कथित दलिय निर्णयहरुका विरुद्धमा देखापरेको विद्रोह एकदमैं सकारात्मक प्रवृत्ति हो। यसले परिचालित राजनीतिलाई कमजोर बनाएर नयाँ ध्रुविकरणको बाटो बनाउन मद्दत गर्नेछ।

स्वतन्त्र उम्मेदवारिका नाममा अर्को प्रकारको खेल पनि भैरहेको छ। जुन अबान्छित शक्तिले नेपाल विरुद्ध दलहरुलाई सञ्चालन गरिरहेको छ, त्यसैले दलहरुको बद्नामीबाट उत्पन्न हुन गएको विश्वासको रिक्ततालाई भर्न, राम्रा मानिसहरुका वपरपरी जनमत विकास हुन नदिन र नेपालीहरुको मनोविज्ञानको स्तरलाई जाँच्न गैर-सरकारी संस्थाहरुको आन्तरिक संयोजनमा कथित स्वतन्त्र उम्मेदवारहरु उठाएको छ।

कथित मूल धारका भनिएका दलका तर्फबाट उठाईएका व्यक्तिहरुको चर्चा गर्न आवश्यक पनि छैन। यस्ता उम्मेदवारहरुको अधिकतम लक्ष चुनाव जितेर देश लुट्ने भन्दा बढी केही हुँदैन। स्वतन्त्रका नाममा उठेका कुन उम्मेदवारहरु देश र समाजका लागि काम लाग्ने हुन् भनेर बुझ्नका लागि केही मापदण्डहरुको उपयोग गर्न एकदमैं जरुरी छ नत्र विदेशीहरुको प्रोक्टको शिकार बन्ने जबर्जस्त खतरा छ।

नेपालको यथार्थता र अनुभवका आधारमा त्यस्ता उम्मेदवारहरुप्रति सावधान हुन जरुरी छ——–

जो देशमाथि हमलाका रुपमा प्रयोग गरिएका एमसीसी, नागरिकता, सिमाना जस्ता कुनै पनि घटनाहरुमा बोलेका छैनन् ,
जो कथित मूल धारका भनिएका धनाढ्य सञ्चार गृहहरुबाट उछालिएका छन् ,
जो प्रत्यक्ष वा परोक्ष रुपमा पश्चिमा एनजिओहरुसंग संबद्ध रहेका छन् ,
जो राज्य प्रणालीलाई नांगो रुपमा बाह्य शक्तिहरुले चलाईरहेको यथार्थताबारे चुप छन्
जाे बेराेजगारी र विदेश पलायनकाे समस्या सुनियाेजित याेजना हाे भन्ने मान्दैनन्
जो बाह्य शक्तिहरुको निशाना बनेका सभ्यता/संस्कृतिको प्रश्नमा बोल्दैनन् र
जसले अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुसंग गरिएका संझौताहरुले देश र समाजको पक्षमा काम गर्न नदिएको तथ्यलाई लुकाएर त्यो जालोलाई तोड्ने संकल्प नदेखाएर व्यक्ति नै निर्णायक हो जस्तो गरेर सर्वसाधारणलाई घुमाउनका लागि मात्र फोस्रा आश्वासन दिन्छन्।

श्रोतः भरत दहाल को फेसबुक वाल बाट

प्रतिक्रिया दिनुहोस्

Array