बुटवलमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने भएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०७९, शनिबार
1 Min Read
Aa

सत्ता गठबन्धनले आज शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

बुटवल-११ देवीनगरस्थित चौपारीमा चुनावी सभा गर्ने भएको हो । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल ‘बलदेव’ लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

Source

प्रतिक्रिया दिनुहोस्

Array