कांग्रेसलाई भोट दिनुस् अर्को चुनावमा मत माग्न आउँदैनौं: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०७९, शुक्रबार
1 Min Read
Aa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय सरकार बलियो बनाउन कांग्रेसलाई भोट दिनुपर्ने बताएका छन्। शुक्रबार नेता थापाले रौतहटको सन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै मतदातासँग नेता डराउनुपर्ने बताए।

उनले वैशाख ३० गतेको निवार्चनका लागि मन परे पनि, मन नपरे पनि कसैको मुख नहेरी रुख हेरेर मत दिनुपर्ने बताएका छन्। महामन्त्री थापाले अबको ५ वर्षसम्म कांग्रेस नेपाली जनताको साथै रहन चाहेको  बताए।

जितेर पाँच वर्षसम्म के-के काम गर्‍यौं भनेर मतदाताले हिसाब किताब माग्ने हुदा मतदातासँग नेता डराउनुपर्ने उनको तर्क थियो। ‘कांग्रेसले जितेर जिम्मेवारी पूरा गर्‍यो भने फेरि मत माग्न आउँला गर्न सकेनौं भने अर्को चुनावमा मत माग्न आउँदैनौं,’ उनले भने।

Source

प्रतिक्रिया दिनुहोस्

Array