‘विप्लव’ नेतृत्वको नेकपा अन्ततः विभाजन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०७९, शुक्रबार
1 Min Read
Aa

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अन्ततः विभाजन भएको छ। पार्टीको चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाले पार्टी नाम नेकपा (बहुमत) तय गरेको छ। स्थानीय तह निर्वाचनलाई लिएर विप्लव नेकपाभित्र दुई धार भएको थियो।

नेकपाको कपिलवस्तु शिवगढीमा सम्पन्न १२औँ केन्द्रीय समिति बैठकले तत्कालीन महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत चुनावपरस्त संसद्वादी नीति खारेज गर्ने निर्णय गरेको छ।

धर्मेन्द्र वास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति पनि चयन गरेको छ। विशेष राष्ट्रिय भेलाले ईश्वरीप्रसाद दाहाल (असारे काका) अध्यक्ष र चित्रबहादुर आले (पवन) सचिव रहेको ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

विशेष राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (बहुमत)का संयोजक बास्तोलाले एकीकृत जनयुद्ध कार्यदिशामार्फत् क्रान्ति पूरा गर्ने र वैज्ञानिक समाजवाद स्थापना गरिने बताए।

नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन उपयोग गर्ने पक्षमा थिए भने धर्मेन्द्र र हेमन्त प्रकाश वली ‘सुदर्शन’ निर्वाचन बहिष्कार गर्ने लाइनमा थिए। यही कारण नेकपामा वक्तव्यवाजीमार्फत् विवाद छताछुल्ल भएको थियो।

Source

प्रतिक्रिया दिनुहोस्