नेपाल र जिम्बावे ‘ए’ बीचकाे खेल वर्षाका कारण रद्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डाै – नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० क्रिकेट खेल वर्षाका कारण नतिजाविहीन भएको छ । त्रिवि क्रिकेट मैदानमा पानी पर्न नरोकिएपछि खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

वर्षाले खेल रोकिनुअघि जिम्बावेले चार ओभर तीन बलमा दुई विकेट गुमाएर ४८ रन बनाएको थियो ।अब तेस्रो खेल आउँदो बुधवार हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्