पोखरामा १ लाख २४ हजार नगदसहित ९ जना जुवाडे पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०७९, बिहीबार
1 Min Read
Aa

कास्की – कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जुवा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।  प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।

पक्राउ पर्नेमा पोखरा २ अर्चलबोटका रामबहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेकबहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिवप्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापा रहेका छन् ।साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्