त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घूस मागेपछि ठाकुरलाई कारबाही गरेको मन्त्री किरातीले बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले, थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घूस मागेको अडियो फेला पारेपछि ठाकुरलाई कारबाही गरेको बताएका हुन् ।
मन्त्री किरातीले आफूले कसैको पनि एक पैसा नखाने र अब यस्ता अन्य घूस प्रकरणहरू खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए ।
घूस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।
यसअघि पर्यटन प्रवर्द्धनका लागि चलाइएका अभियान अन्तर्गत कति पर्यटक भित्रिए भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्छ भन्दै २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन समेत दिए ।
प्रतिक्रिया दिनुहोस्