मैतीदेवी प्रहरी विटमा महानगरले चलायो डोजर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी चोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मङ्गलवार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए ।

त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो ।

- Advertisement -
Ad imageAd image

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्